तमु कलाकार संघ गण्डकीमा पुन:सुरेन्द्र गुरुङ

पाेखरा | भदौ ३, २०७९

तमु कलाकार संघ गण्डकीमा पुन:सुरेन्द्र गुरुङ

 

पोखरा । तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ।

 

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा माया गुरुङ(तनहुँ), उपाध्यक्षमा बिक्रम गुरुङ(स्याङ्जा), महिला उपाध्यक्षमा इन्द्रा गुरुङ(पर्वत), महासचिवमा टसबहादुर गुरुङ(लमजुङ),नेत्र गुरुङ(स्याङ्जा), महिला सचिवमा ज्योति गुरुङ(बाग्लुङ), सहसचिवमा डबिन गुरुङ(पर्वत), कोषाध्यक्षमा सबिना गुरुङ(कास्की) र सहकोषाध्यक्षमा दिलु गुरुङ(स्याङजा) रहनुभएको छ।

 

यसैगरी विदेश विभाग प्रमुखमा गौरी गुरुङ,साँस्कृतिक विभाग प्रमुखमा सबिन गुरुङ(लमजुङ), अतिरिक्त विभाग प्रमुखमा ओम गुरुङ(स्याङजा),महिला विभाग प्रमुखमा रबिना गुरुङ र सचिवालय सदस्यहरुमा पुजा गुरुङ(लमजुङ), रामप्रसाद गुरुङ(स्याङजा), मिना गुरुङ(गोर्खा) चयन हुनुभएको छ। यसरी नै सदस्यहरुमा रनु गुरुङ(गोर्खा), संगिता गुरुङ(लमजुङ), ममता गुरुङ(स्याङजा), सिता गुरुङ(तनहुँ), धनप्रसाद गुरुङ(तनहुँ), युमिन्द्र गुरुङ युबिन(स्याङजा), काजी गुरुङ(स्याङजा), सुनिमा गुरुङ(गोर्खा) र रोशन गुरुङ(स्याङजा) चयन हुनुभएको छ।

 

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। निर्वाचित अध्यक्ष सुरेन्द्र गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै तिनवर्षे कार्यकाल नमुना बनाउने घोषणा गर्नुभयो। नवनिर्वाचित कार्यसमितिलाई फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

 

यस अघि पाँचौ साधारणसभा, तेश्रो अधिवेशन तथा स्रष्टा सम्मान कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य मिनप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले मौलिक कला, सँस्कृति विकासका लागि राज्यको तर्फबाट साथ हुनुपर्ने र आफ्नो तर्फबाट सक्दो पहल हुने बताउनुभयो। कठिन बेलामा  पनि तमु कलाकार संघ गण्डकीले उदाहरणीय कार्य गरेको भन्दै प्रसंसा गर्नुभएको थियो।

 

कार्यक्रममा तमु कलाकार संघका केन्द्रिय अध्यक्ष सर्मिला गुरुङ, संस्थापक अध्यक्ष राजु गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार यामबहादुर गुरुङ, जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सचिव जिवन दाहाल, सम्मानित स्रष्टा शान्ति गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

कार्यक्रममा स्व.मेनकाजी गुरुङ स्मृति पुरस्कारबाट अग्रज गायिका शान्ति गुरुङलाई नगदसहित सम्मान गरिएको थियो। यसै गरी अमेरिकाबाट आउनुभएकी गायिका ज्योति गुरुङलाई स्वागत, अन्नपुर्ण गाँउपालिका भलिबल संघको अध्यक्षमा चयन हुनुभएकोमा संघका आजीवन सदस्य एवम सहयोगी लामा अमृत गुरुङलाई बधाई ज्ञापन गरिएको थियो। यसरी नै कलाकार संघले वर्षको उत्कृष्ठ सदस्यहरुमा महिलातर्फ रबिना गुरुङ र पुरुषतर्फ दिलु गुरुङलाई सम्मान गरिएको थियो। यस्तै गरी संघको संरक्षकहरु संस्थापक अध्यक्ष दुर्गा गुरुङ र संरक्षक संस्थापक सदस्य शंकर  बिरही गुरुङलाई बधाई ज्ञापन गरिएको थियो भने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो।

 

कार्यक्रममा संघकी संस्थापक अध्यक्ष दुर्गा गुरुङले गीत प्रस्तुत र संघका कलाकारहरुले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए।

 

तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत र महासचव टसबहादुर गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्